मकवानपुर । आगामी मंसिर १६ मा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने सूचीमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्ष पद पनि छ । २०७९ वैशाखमा भएको स्थानीय तहका निर्वाचनबाट वडा अध्यक्षमा विजयी भएका ललितबहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो…