नेपाली कांग्रेस दोलखा जिल्ला कार्यसमितिका सभापति वर्मा लामाले आसन्न उपनिर्वाचन कांग्रेसले आफ्नै कारण हार्नसक्ने टिप्पणी गरेका छन् । शुभ दिपावली–२०८१ को अवसरमा नेपाली कांग्रेस दोलखा काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले १० वर्षे सशस्त्र युद्धमा माओवादीले मार्दा पनि नसकिएको कांग्रेसमा आफ्नै कारणले हार्ने डर रहेको बताएका हुन् । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष…