काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । उनले सोमबार दिउँसो मोदीलाई भेट्ने भनिए पनि मोदीको कार्यव्यस्तताका कारण साँझ भेट्नेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भेटका क्रममा राणाले आपसी चासोका विषयमा छलफल गर्ने तयारी गरेकी छन्…