Logo

प्रमुख समाचार

नेपाली कांग्रेसमा उठ्यो १५औं महाधिवेशनको बहस



काठमाडौं । नेपाली कांग्रेसमा अबको १६ महिनापछि अर्थात् २०८२ साल मंसिरमा १५औं महाधिवेशन हुनुपर्ने बहस शुरु भएको छ ।

कांग्रेसको १४ ओं महाधिवेशन २०७८ साल मंसिरको अन्तिम साता सम्पन्न भएको थियो र दोश्रो कार्यकालका लागि सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भएका थिए ।

कांग्रेसको विधानमा महाधिवेशन चार वर्षमा गर्नुपर्ने व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशनमा सभापति उम्मेदवार हालका उपप्रधाधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह र पूर्व उपसभापति विमलेन्द्र निधिले दोश्रो निर्वाचनमा सहयोग र समर्थन गरेकाले देउवा सभापति बनेको बुझाई काँग्रेसीहरुमा रहेको छ ।

देउवालाई सहयोग गरेबापतको पुरस्कार उपप्रधान तथा शहरी विकास मन्त्री सिंहले पाएका छन् भने नेता निधि समानुपातिक सांसद बनेर चित्त बुझाउन बाध्य भएका छन् ।

आगामी १५औं महाधिवेशनमा नेता निधिलाई संस्थापन इतरपक्षका शेखर–गगन समूहले छायामा पार्ने अड्कल गरिएको छ ।

कांग्रेसमा २०८२ मंसिरमै १५औं महधिवेशन हुनुपर्ने जोडदार बहस चलिरहँदा आगामी भदौ ७ गतेसम्मका लागि केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ ।

पार्टी निर्माणमा एमालेभन्दा पछाडि रहेको काँग्रेस सत्तास्वार्थमा रमाइरहेको र जनताका समस्या देख्न र सुन्न छाडेको छ ।

हाल कांग्रेसबाट १० जना सांसदहरु एमाले अध्यक्ष तथा प्रधानमन्त्री खड्गप्रसाद (केपी) शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका छन् ।

ती मन्त्रीहरुले जनतामा सुशासन, सम्बृद्धि र भ्रष्टाचारको अन्त्य गरी आशा जगाउन नसकेको कांग्रेस वृत्तमै चर्चा चलेको छ ।

कांग्रेसका तर्पmबाट मन्त्री बनेकाहरुलाई असफल हुने छुट छैन । कांग्रेसको भूमिका दोश्रो र तेश्रो दललाई प्रधानमन्त्री बनाउनु बाहेक अरु नभएको कांग्रेसका जानकारहरुले बताएका छन् ।

यसैवीच सभापति देउवामाथि नेतृत्व हस्तान्तरणका लागि वरिष्ठ नेता शेखर कोइराला र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माले दबाब बढाएपछि सभापति देउवा तनावमा परेको जानकारहरुले बताएका छन् ।

सभापति देउवाले विभिन्न बहानामा १५औं महाधिवेशन पर धकेल्ने हुन् कि भन्ने त्रास संस्थापन ईतर पक्षलाई परेको छ ।

तेश्रो कार्यकालका लागि सभापति बन्न नपाइने कांग्रेसको विधान अनुसार देउवा १ वर्ष कार्यकाल लम्ब्याएर छैटौं पटक प्रधानमन्त्री बन्ने धुनमा रहेको कांग्रेस श्रोतले बताएको छ । त्यसैले निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा संस्थापन इतर पक्षको जोड रहेको नयाँ विमर्शमा खबर छ ।

महाधिवेशन सार्ने प्रपञ्च गरे पार्टी दुर्घटनामा पर्ने चेतावनी कोइरालाले दिएका छन् । २०८२ मंसिरमै महाधिवेशन हुनेमा धेरै कांग्रेसीहरुले शंका व्यक्त गरेका छन् ।

यता नेता कोइरालाले बंगलादेशको अवस्था नेपालमा पनि आउन सक्ने बतांउँदै राजनीतिक दलहरू खासगरी कांग्रेस र एमालेलाई सचेत बनाएका छन् ।

बंगलादेशमा दुई तिहाईको सरकार भए पनि शेख हसिना देशबाट भाग्नु परेको थियो । नेपालमा पनि जनता जागे त्यसो नहोला भन्न नसकिने जानकारहरूले बताएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार २१:४९   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।