Logo

आजको तस्बिर

रत्नपार्कमा लाग्यो गणतन्त्र व्यवस्था बिरोधी नारा (तस्बिरहरु)



काठमाडौं । गणतन्त्र दिवसको दिन रत्नपार्कमा राजतन्त्र पक्षधरहरुले प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपालले आयोजना गरेको बिरोध सभामा गणतन्त्र बिरोधी नारा घन्काइएको थियो । गणतन्त्र खारेज गर्ने मागमा सँगै बिरोध प्रदर्शन भएको थियो ।

बिरोध सभामा संघीयता खारेज गर्नुपर्ने, हिन्दु राष्ट्र फर्काउनुपर्ने तथा गणतन्त्र हटाउनुपर्ने माग गरिएको थियो । सरकारले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाइरहँदा राजतन्त्र पक्षधरले भने आज बिरोध प्रदर्शन गरेका हुन ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १४:४२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।