काठमाडौं । ताप्लेजुङस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्कुम्लुङ (पाथीभरा) मा जबर्जस्ति निर्माणा गर्न लागिएको केबुलकार परियोजनाको सत्यतथ्य छानबिनको माग गर्दै कोशी प्रदेशका ‘जेन–जी’ अभियन्ताहरू एकजुट भएका छन् । 'द काउन्सिल अफ जेन–जी' मा आबद्ध १४ जिल्लाका युवा अभियन्ताले संयुक्त वक्तव्य जारी गर्दै केबुलकार निर्माणको विरोध गरेका हुन् । वक्तव्यमा उनीहरूले मुक्कुम्लुङलाई आदिवासी समुदायसहित किराँत र हिन्दु…