काठमाडौं- इल्कयी गुन्डोगनले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनलो स्पेनी ला लिगामा बिहीबार लास पाल्मासलाई २–१ ले पराजित गरेको छ। लिग तालिकाको शीर्षमा रहेका रियल म्याड्रिड र जिरोनाले यसअघि जित निकालेको हुनाले ज्याभीको बार्सिलोनालाई यस खेलमा निश्चित तीन अंक आवश्यक थियो। गुन्डोगनलाई दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फल गरेपछि डेली सिन्कग्राभेनलाई रातो कार्ड देखाइएको…