Logo

खेलकुद

गुन्डोगनको पेनाल्टी प्रेरित बार्सिलोना विजयी



काठमाडौं- इल्कयी गुन्डोगनले खेलको अन्त्यतिर पेनाल्टीबाट गोल गरेपछि बार्सिलोनलो स्पेनी ला लिगामा बिहीबार लास पाल्मासलाई २–१ ले पराजित गरेको छ।

लिग तालिकाको शीर्षमा रहेका रियल म्याड्रिड र जिरोनाले यसअघि जित निकालेको हुनाले ज्याभीको बार्सिलोनालाई यस खेलमा निश्चित तीन अंक आवश्यक थियो।

गुन्डोगनलाई दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा फल गरेपछि डेली सिन्कग्राभेनलाई रातो कार्ड देखाइएको थियो र लास पाल्मास दस खेलाडीमा सीमित रह्यो। त्यस अगाडि लास पाल्पासले मुनिर एल हाडाडीको गोलले अग्रता लिएको थियो।

बार्सिलोनाका लागि फेरान टोरेसले बराबरी गोल फर्काए। यो जितपछि बार्सिलोनाको १९ खेलबाट ४१ अंक भएको छ। यो शीर्षमा रहेका रियल तथा जिरोनासँग सात अंकको दूरी हो। बिहीबारको अर्को खेलमा एथलेटिको बिलबाओले सेभियालाई २–० ले पराजित गर्‍यो। यससँगै एथलेटिको बिलबाओ अंक तालिकाको चौथो स्थानमा उक्लिन सफल भएको छ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ०८:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।