कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलमा अहिले सर्वाधिक सफल टिम ब्राजिलले साविक उपविजेता क्रोएसियासँग खेलिरहेको छ । राजधानी दोहास्थित एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा ब्राजिल र क्रोएसियाले बराबरी खेका छन् । प्रतिस्पर्धात्म खेलको पहिलो हाफ सकिँदा दुवै टोलीले गोल गर्न सकेका छैनन् । क्रोएसियाको तुलनामा ब्राजिलले केही हदसम्म राम्रो प्रदर्शन गरेको…