लमजुङ । लमजुङका संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरु एक आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनले अन्तर कर्मचारी फुटसल खेलको आयोजना गरी तीनै तहका कर्मचारीहरुलाई आम्नेसाम्ने हुने वतावरण मिलाएको हो । यही २१ जेठमा बेसीशहरस्थित फुटसलमा कार्यक्रमको आयोजना गरी तीनै तहका कर्मचारीहरुप्रति मैत्रिपूर्ण भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको…