काठमाडौं । त्रिकोणात्मक ट्वान्टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध नेपालका दिपेन्द्र सिंह ऐरीले शतक पूरा गरेका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिपेन्द्रले शतकीय इनिङ खेलेका हुन् ।
दिपेन्द्र १० चौका र ६ छक्कासहित सर्वाधिक ११० रन बनाएर अविजित छन् । उनले ५७ बलमा सो रन बनाएका हुन् । मलेसियालाई नेपालले जितका लागि २२४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।




















प्रतिक्रिया