Logo

खेलकुद

मनकामना टिम च्याम्पियन



काठमाडौं । आयोजक मनकामना डोजो प्रथम दिलबहादुर रम्तेल खुला कराँते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । 

५ स्वर्ण, ५ रजत र ३ कांस्य जित्दै मनकामना समग्रमा टिम च्याम्पियन बन्यो । मित्रपार्कस्थित ह्वाइट हेभेन एकेडेमीमा भएको प्रतियोगितामा ४ स्वर्ण, २ रजत र १ कांस्यसाथ बुढानीलकण्ठ दोस्रो भयो । 

तेस्रो स्थानको हायासिया सितोरियो, सिन्धुपाल्चोकले ३ स्वर्ण हात पार्‍यो । प्रतियोगिताको पुरुषमा सिन्धुपाल्चोकका फुर्वासिंह वाइबा तथा महिलामा च्याम्पियन मार्सल आर्ट्सकी योञ्जन लामा उत्कृष्ट खेलाडी घोषित भए ।

दुईदिने प्रतियोगितामा ३ सय खेलाडीले विभिन्न २३ स्पर्धामा प्रतिस्पर्धा गरेको मनकामना डोजोका प्रमुख छत्र ओलेले जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७८, आईतवार १८:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।