तीनवटा एकदिवसीय क्रिकेटमा युएईमाथि सनसनीपूर्ण जीत हात पारेको नेपालले आज टी-२० सिरिजको तेस्रो खेल खेल्दैछ । आजको खेलमा जीत हात पारे नेपालको खेल इतिहासमा नेपाली टोलीले अर्को महत्वपूर्ण योगदान दिनेछ । तीनवटा टी-२० सिरिजमध्ये यसअघि खेलेका २ खेलमा घरेलु टोली र नेपालले एक-एक खेल जितेको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरीज बराबरी बनाइसकेको छ । आइतबार दिउँसो पौने…