काठमाडौं ।आइसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत वानखेडे स्टेडियममा जारी खेलमा तीव्र गतिका बलर सोमपाल कामीले सानदार पुनरागमन गरेका छन्। खेलको १६औँ ओभरमा सोमपालले एकै ओभरमा दुई महत्वपूर्ण विकेट लिँदै आक्रामक ब्याटिङ गरिरहेको स्कटल्याण्डलाई झट्का दिएका हुन्। १५.२ ओभरमा सोमपालले स्कटल्याण्डका लागि सर्वाधिक ७१ रन बनाएका ब्याटर माइकल जोन्सलाई क्लिन बोल्ड गरे। जोन्सले ४५ बलमा…