रुकुम खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करणमा अमेरिकाबाट पनि सहयोग आएको छ । रुकुम पूर्व र रुकुम पश्चिमका विभिन्न ठाउँ घर भइ अमेरिका रहेका ७ जना युवाले प्रतियोगितामा ५१ हजार नगद सहयोग गरेका छन् । रुकुम पूर्व सिस्ने गाउँपालिका–७, नाथिगारका प्रेमबहादुर रावत, ३ नम्वर वडा पाङ्गाका नवचन्द्र खड्का, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१, सल्लेका मानसिङ…