विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले रुकुममा वडाध्यक्षलाई कालोमोसो दलेका छन् । जिल्लाको चौरजहारी नगरपालिका–३ का अध्यक्ष लालबहादुर बुढाथोकीलाई विप्लवका कार्यकर्ताले कालोमोसो दलेको बताइएको छ । शनिबार विहान उनलाई कालोमोसो दलेको बताइएको छ । जनप्रतिनिधि भएर जनताको काम नगरेको भन्दै कालोमोसो दलेको नेकपा निकट युवा संगठनले विज्ञप्ति मार्फत जिम्मा लिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र…