दाङ । लुम्बिनी प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाका ८६ जना सदस्यहरुलाई लुम्बिनी प्रदेशसभा भवन दाङको देउखुरीमा शपथ खुवाएका हुन् । अन्य प्रदेशमा प्रदेशसभा सदस्यमध्ये जेष्ठ सदस्यलाई प्रदेश प्रमुखले शपथ ग्रहण गराएर जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउने गरेको भए पनि लुम्बिनीमा प्रदेशसभा नियमावली २०७९ लाई संशोधन…