Logo

सुदूरपश्चिम मुख्यमन्त्रीमा खगराज भट्टको दाबी पेस

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खगराज भट्टले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँ समक्ष उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । भट्टको नियुक्ति र शपथ आजै हुने जनाइएको छ । सरकार बनाउन २७ सांसद आवश्यक रहेकोमा नेपकासँग निलम्बितबाहेक २० र एमालेसँग ११ छन् ।