Logo

प्रमुख समाचार

बागमती र लुम्बिनीमा हुने मतदानमा राप्रपा तटस्थ बस्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दुई प्रदेश सरकारमा आज हुने मतदानमा तटस्थ बस्ने निर्णय गरेको छ । बागमती र लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्रीले विश्वासको मत लिँदै गर्दा राप्रपाले भाग नलिने भएको हो ।

आज बस्ने प्रदेश सभाको बैठकमा बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत लिने तयारी गरिरहेका छन् ।

राप्रपाले दुवै प्रदेशका प्रदेशसभा सदस्यहरूलाई तटस्थ बस्न निर्देशन दिएको छ ।

प्रदेशहरुमा सरकार निर्माण सम्बन्धि विषयमा अर्को निर्णय नभएसम्म राप्रपा तटस्थ रहने अध्यक्ष राजेन्द्र लिङ्देनद्वारा जारी निर्देशन सम्बन्धित संसदीय दलको नेतालाई प्रेषित गरिएको छ ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार १३:००   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।