सुनसरी । विदेशी दातृसंस्थाले निःशुल्क दिएको सामग्री ‘प्रयोग गर्ने–नगर्ने’ विषयमा चिकित्सकहरूबीच मतभेद हुँदा त्यसको मारमा बिरामी पर्ने गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागमा उपचारका लागि आउने बिरामी डाक्ठरको मतभेदका कारण मारमा परेका हुन् । सन् २००५ देखि अमेरिकास्थित साइन नामक संस्थाले विपन्न देशका बिरामीलाई खुट्टाको लामो हड्डी जोड्ने रड (नेल) निःशुल्क…