आगामी आर्थिक वर्षकाे बजेट पेश गर्नुपर्ने समय नजिकिँदै जाँदा लुम्बिनी प्रदेशसभाको अधिवेशन आज बुधबारबाट सुरु हुँदैछ। बजेट अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने छ। तर अल्पमतमा रहेका मुख्यमन्त्री शंखर पाेखरेललाई भने अविश्वास प्रस्तावकाे भय छ। विपक्षी दलहरुले पोखरेलविरूद्व यसअघि नै दर्ता गरेकाे अविश्वासको प्रस्ताव सभामुख पूर्णबहादुर घर्तीले बुधबार नै पेश गर्नसक्ने ठानिएकाे छ। यही आशंकाका बीच…