Logo

कोशी प्रदेश

प्रदेश १ काे बजेट अधिवेशन कहिले ? यस्ताे छ मुख्यमन्त्रीकाे प्रतिक्रिया



प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ।  तर प्रदेश १ सरकारले अझै बजेट अधिवेशन आह्वान गरेकाे छ। 

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग छलफल गरेका छन्। आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी संसदीय दलका नेताहरुसँग परामर्श गरे।

मुख्यमन्त्री राईले सरकारले केही दिन भित्रै संसद बैठक बोलाउन लागेको जानकारी दिए। बढ्दो रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण, खोप र उपचारको विषयमा समेत सो अवसरमा छलफल भएको थियो । सरकारले संसदबाटै बजेट प्रस्तुत गर्ने र अनावश्यक शङ्का नर्गनसमेत उनले विपक्षी दलका नेताहरुलाई आग्रह गरे।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०६:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।