Logo

गण्डकी प्रदेश

निर्वाचन आयोग नै केपी ओलीको अंगमा परिणत ! मतदाता नामावली सच्याईएकोमा चार दलको आपत्ति



निर्वाचन आयोगले लुम्बिनी प्रदेशमा आज हुन लागि रहेको राष्ट्रियसभाको उपनिर्वाचनको मतदाता नामावली सच्याईएको भन्दै विपक्षी चार दलले आपत्ति जनाएका छन् । जनता समाजवादी पार्टीले कारवाही गरेका चार सांसदलाई पनि निर्वाचनको पूर्वसन्ध्यामा मतदाता नामावली सच्याउदै उनीहरुलाई पनि समावेश गरेपछि विपक्षी चार दल आक्रोशित भएका हुन् ।

प्रदेश अन्तर्गत नेपाली काँग्रेसका संसदीय दलका नेता बिरेन्द्र कनौडिया, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद के.सी. जनता समाजवादी पार्टीका प्रमुख सचेतक पूर्मती ढेंगा मगार र राष्ट्रिय जनमोर्चाकी तारा जिसीले संयुक्त बिज्ञप्ति मार्फत निर्वाचन आयोगको यस कार्यप्रति आपत्ति जनाएका हुन् । उनीहरुले आयोगको यो निर्णय कार्यान्वयन नगराउन समेत अपिल गरेका छन् ।

विज्ञप्तिको पूर्ण पाठ :

194003038_3049613468600421_1388593363328847145_n_1_I64EPKUolw.jpg

प्रकाशित मिति : १७ जेष्ठ २०७८, सोमबार ०७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।