Logo

गण्डकी प्रदेश

आजदेखि लुम्बिनीको बजेट अधिवेशन, मुख्यमन्त्री पोखरेललाई अविश्वास प्रस्तावको भय



आगामी आर्थिक वर्षकाे बजेट पेश गर्नुपर्ने समय नजिकिँदै जाँदा लुम्बिनी प्रदेशसभाको अधिवेशन आज बुधबारबाट सुरु हुँदैछ। 

बजेट अधिवेशन दिउँसो १ बजेदेखि सुरु हुने छ। 

तर अल्पमतमा रहेका मुख्यमन्त्री शंखर पाेखरेललाई भने अविश्वास प्रस्तावकाे भय छ। विपक्षी दलहरुले पोखरेलविरूद्व यसअघि नै दर्ता गरेकाे अविश्वासको प्रस्ताव सभामुख पूर्णबहादुर घर्तीले बुधबार नै पेश गर्नसक्ने ठानिएकाे छ। यही आशंकाका बीच एमालेले संसदीय दलकाे बैठक पनि बाेलाएकाे छ।

विपक्षी दलहरुले भने सरकारले संसद अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउने आशंका गरेका छन्।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ०७:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।