लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी धरापमा परेको छ । सोमबार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा प्राप्त मत परिणामले पोखरेलको पद धरापमा परेको देखाएको हो ।
सोमबार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा प्रदेशसभाका बहुमत सांसदले उनको विपक्षमा मतदान गरेका छन् । प्रदेशसभाका कुल ८३ सांसद मध्ये ४० सांसदले मात्र उनको पक्षका उम्मेदवार चन्द्र बहादुर खड्कालाई मतदान गरे भने ४३ सांसदले विपक्षी गठवन्धनका उम्मेदवार दृग बहादुर पाण्डेलाई मतदान गरे । यो परिणामले पोखरेलाई समस्यामा पारेसँगै उनको कुर्सी धर्मराएको छ ।
प्रदेश सरकार यतिलबेला बजेटको चटारोमा छ । तर प्रदेशसभाको अंकगणित मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा नरहेसँगै बजेट पनि अन्योलमा परेको छ ।
















प्रतिक्रिया