सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड—१९का सक्रिय सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रदेशमा गत भदौ ३० गतेसम्म ६९८ जना सक्रिय सङ्क्रमित रहेकोमा दुई दिनमा १०४जना थपिएर कूल सक्रिय सङ्क्रमित ८०२ जना पुगेका छन् । कोभिड—१९बाट प्रदेशमा सबै भन्दा बढी प्रभावित जिल्ला कैलालीमा सक्रिय सङ्क्रमित ४२४ जना पुगेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना…