Logo

बागमती प्रदेश

सिआईबीका डिएसपीसहित २६ प्रहरीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौँ । केन्द्रिय अनुसन्धान ब्यूरोमा कार्यरत २६ जना प्रहरी कर्मचारीलाई कोरोनाभाइरसको संक्रमण भएको छ । संक्रमित हुनेमध्ये एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) छन् ।

ब्यूरोको ब्यारेकमा बस्ने ८ जना प्रहरीलाई भदौ २४ मा पहिलोपटक संक्रमण पुष्टि भएको थियो । उनीहरुका कन्ट्याक्ट ट्रेसिङका आधारमा थप प्रहरीलाई संक्रमण देखिएको हो ।

संक्रमित प्रहरी कर्मचारीलाई सामाखुसीस्थित पहरा गण र नम्बर–२ गण महाराजगञ्जको आइसोलेशनमा राखिएको छ । केही प्रहरी कर्मचारी भने ‘होम आइसोलेशन’मा बसेका छन् ।

सिआईबी ठूला घटना अनुसन्धान गर्ने महत्त्वपूर्ण इकाई हो । एकैपटक ठूलो संख्यामा प्रहरी संक्रमित भएपछि कार्यालयमा आलोपालो सिस्टम लागु गरिएको ब्युरोका एक अधिकृतले बताए ।

प्रकाशित मिति : भाद्र ३१, २०७७ बुधबार  ७ : ४८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।