Logo

बलात्कार पछि बालिकाको हत्या, तीनदिनपछि भेटियो शव

जनकपुरमा एक बालिकाको बलात्कार पछि हत्या भएको छ । भैंसी चराउन गएकी जनकपुरधाम उपमहानगरपालिका कुर्थाकी विनोद पजियारकी ११ वर्षीया छोरी कञ्चन पजियारको बलात्कार पछि हत्या भएको हो । बुधबार अपरान्ह घर नजिकैको आँप बगैंचामा गोठालो गएकी कञ्चनको शव शुक्रबार अपरान्ह घरभन्दा एक किलोमीटर पर रहेको दुधमती नदिमा फेला परेको प्रदेश २ प्रहरी कार्यलयले जनाएको छ…