Logo

प्रदेश

अभियान्ता भुसालको पहलमा वृद्धको मुहारमा फर्किएको मुस्कान



मोफसलमा रहेर सामाजिक कार्यकमा सक्रिय सामाजिक अभियान्ता अर्जुन भुसालको पहलमा नर बहादुर परियारको लागि घर निर्माण गरिदिएपछि उनको मुहारको मुस्कान फर्किएको हो ।

चितवनको भरतपुर महानगरपालिका – ६ मा बसोबास गर्दै आएका परियारको अवस्था निकै नाजुक रहेको देखेपछि देश विदेशमा रहेका सहयोगीहरुको सहयोगमा परियारको घर निर्माण गरिएको हो ।

घर निर्माणको लागि कुल २ लाख ६३ हजार ९ सय संकलन भएकोमा घर निर्माणमा २ लाख ४४ हजार ४ सय मात्रै खर्च भएको र बाँकी रहेको १९ हजार ५ सय नगद परियारलाई नै हस्ताक्षरण गरिएको समेत भुसालले जानकारी दिए ।

सामाजिक काम र समाज सेवालाई पवित्र मान्ने गरेको बताउने भुसाल विगत केही समयदेखि सामाजिक काममा निरन्तर सक्रिय रहेका छन् । उनकै पहलमा परियारको परिवारमा मुस्कान छाएको छ ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार ०८:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।