संघियता र संविधान पूर्व राजा तथा अरुबाट नभई वर्तमान सरकारबाटै खतरा भएको नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बताएका छन् । नेपाली काँग्रेसद्वारा दोस्रो चरणको जागरण अभियानको समापनका क्रममा मंगलबार आयोजित सभालाई सम्बोधन गर्दै उपसभापति निधिले भने ‘संविधान मिचेर सरकारले संविधान बिरोधी काम गरेकाले मुलुकमा वर्तमान कम्युनिस्ट सरकारबाट लोकतान्त्रिक शासन पद्धतिमाथि खतरा देखिएकोले काँग्रेस बिरोधमा उत्रनुपरेको…