Logo

गण्डकी प्रदेश

रवीन्द्र अधिकारीे पत्नी विद्या भट्टराई कास्की–२ मा पक्का



सर्वाधिक महत्वका साथ हेरिएको कास्की–२ को उपनिर्वाचनको चर्चामा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पछि हटिसकेपछि बलियो उम्मेदवारको रुपमा स्थानीय नेताहरुले तत्कालीन पर्यटन मन्त्री एवम् सो क्षेत्रका निर्वाचित सांसद रवीन्द्र अधिकारीे पत्नी विद्या भट्टराईलाई अघि सारेका छन् ।

त्यसोत तत्कालीन मन्त्री अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि भट्टराईको नाम चर्चामा आएको थियो । पछि पार्टीका सचिवालय सदस्य एवम् पार्टीका प्रस्तावित उपाध्यक्ष गौतम उठ्ने चर्चा भएपछि स्थानीय नेताहरुबीच मतमतान्तर हुँदै आएको थियो ।

अन्ततः गौतम नउठ्ने भएपछि सहानुभूतिको भोटसँगै अधिकारीको उत्तराधिकारीको रुपमा समेत भट्टराईलाई उम्मेदवार बनाएर जित हात पार्ने स्थानीय नेताहरुको योजना रहेको बुझिएको छ ।

सरकारसँग जोडिएका कतिपय विषयहरुले जनतामा असन्तुष्टि बढाएको मौकाको फाइदा उठाउने दाउमा रहेको नपाली कांग्रेससँगको प्रतिस्पर्धामा भट्टराईलाई उठाउदा विजय हुने आंकलन गरिदै आएको छ । गौतम पछि हटेपछि भट्टराईसँगै स्थानीय नेताहरुले पनि उम्मेदवारको लागि छुट रहेको बताउन थालेका छन् ।

कास्की–२ को उपनिर्वाचन हुने क्षेत्रमा ११ वडा छन् । अंकगणितिय हिसावमा नेकपाको मत अन्य दलको भन्दा धेरै नै रहेको छ । गएको स्थानीय जम्मा ४९ हजार ९ सय १४ मत खसेको थियो । जसमध्ये १ हजार ४ सय ६४ मत बदर भएका थियो । गएको स्थानीय चुनावमा तीमध्ये अधिकांश वडामा नेकपाले जितेको छ । त्यसबाहेक अहिले नयाँ मतदाता पनि थपिएका छन् । दिवङ्गत मन्त्री अधिकारीले लोकप्रिय मतसहित लगातार तीन पटक सोही क्षेत्रबाट निर्वाचन जितेका थिए ।

०७४ निर्वाचनमा दिवङ्गत अधिकारीले २७ हजार २ सय ७ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । अर्थात त्यसबेला अधिकारीले ८ हजार ५ सय ४६ मत बढी ल्याएर विजयी भएका थिए ।

१ स्वतन्त्रसहित १३ जना उम्मेदवार भए पनि ११ जनाको जमानत जफत भएको थियो । तेस्रो बनेको विवेकशील साझाले ८ सय ४३ मत ल्याएको थियो । नेकपा मालेले ५ सय ४९, संघीय समाजवादी फोरमले ३ सय ४१, नयाँ शक्तिले २ सय ४१, स्वतन्त्र उम्मेदवार निर्मल खत्रीले १ सय १९ मत प्राप्त गरेका थिए । तर समानुपातिक मतमा भने कांग्रेसले प्रत्यक्षमा भन्दा २ हजार बढी मत प्राप्त गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार १६:१८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।