Logo

बागमती प्रदेश

प्रथम राप्ती महोत्सव हुदै, “प्रचण्ड”ले उदघाटन गर्ने



पूर्वी चितवनको राप्ती नगरपालिकामा ‘प्रथम राप्ती महोत्सव २०७६’ आयोजना हुने भएको छ । स्थानीय उत्पादनको बजार विस्तार, कला संस्कृतिको प्रचार गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।

राप्ती नगरपालिका र राप्ती उध्योग वाणिज्य संघको आयोजनामा यहि असोज २९ देखि कात्तिक ९ गते सम्म राप्ती ७ विरेन्द्र आदर्शको चौरमा महोत्सब संचालन हुने भएको छ ।

मङलबार पत्रकार सम्मेलन गर्दै उध्योग वाणिज्य संघका अध्यक्ष राज कुमार कडेलले राप्ती नगरपालिका भित्र रहेका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार,संस्कृतिको संरक्षण र कृषि प्रबर्दन गर्ने मुख्य उदेश्यका साथ महोत्सब आयोजना गरियको जानकारी दिए ।

११ दिन सम्म चल्ने महोत्सबमा दुईसय पचास भन्दा बढी स्टलहरु रहने र स्टलमा सम्पूर्ण दैनिक उपभोग्य सामानको साथमा लत्ताकपडा, भाँडाकुँडा, जुत्ता चप्पल, विभिन्न औजार, मेसिन लगायतका सामानहरु उपलब्ध हुनेछ । त्यस्तै बालबालिकाको मनोरन्जनको लागी महोत्सवमा बालउद्यानको समेत ब्यवस्था गरिएको छ ।

महोत्सबमा चर्चित राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको उपस्थितिमा रहने कलाकार ब्यवस्थापन उपसमितिका संयोजक प्रदिप उप्रेतीले जानाकारी दिए । प्रथम राप्ती महोत्सवको उद्घाटन नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुस्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

आयोजकले करिब एक लाख दर्शकले महोत्सव अबलोकन गर्ने र महोत्सबमा करिब पाँच करोंड बराबरको कारोबार हुने अनुमान लगाएको छ । महोत्सवमा साधारण टिकटका लागि रु ६० र विद्यार्थी परिचयपत्रको आधारमा रु ४० तोकिएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलवार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।