काठमाडौं । सोमबार रातिदेखि मंगलबार बिहानसम्मको निरन्तरको भारी वर्षापछि काठमाडौं उपत्यकाका नदी किनाराका बस्तीहरु डुबानमा परेका छन् । आसपासका नदीमा जल सतह बढेपछि काठमाडौं उपत्यकाको वाग्मती नदी नजिकको बस्तीहरु जलमग्न भएका छन् । उपत्यकामा बाढीले अनामनगर, सिनामगंल, थापाथली, बल्खु, शंखमुललगायतका ठाउँ डुबानमा परेका छन् । विद्यालय क्षेत्र, सडक, घर जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ…