काठमाडौं । सोमबार रातिदेखि मंगलबार बिहानसम्मको निरन्तरको भारी वर्षापछि काठमाडौं उपत्यकाका नदी किनाराका बस्तीहरु डुबानमा परेका छन् ।
आसपासका नदीमा जल सतह बढेपछि काठमाडौं उपत्यकाको वाग्मती नदी नजिकको बस्तीहरु जलमग्न भएका छन् ।
उपत्यकामा बाढीले अनामनगर, सिनामगंल, थापाथली, बल्खु, शंखमुललगायतका ठाउँ डुबानमा परेका छन् । विद्यालय क्षेत्र, सडक, घर जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ ।
अविरल वर्षापछि विष्णुमति, वाग्मती र धोबीखोला लगयतका नदीहरुमा पानीको बहाव उच्च भएको हाे ।
तस्बिरहरू:–























प्रतिक्रिया