Logo

वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ११ को कार्यालयमा गएराती अज्ञात समुहले आगजनी गरेको छ । आगजनीबाट वडा कार्यालय पुर्ण रूपले क्षति भएको राप्ती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागांइले जानकारी दिए । वडा कार्यालय पहाडी भेगमा पर्दछ । घटनासम्बन्धी थप जानकारी आउन बाँकी छ ।