Logo

अन्तर्राष्ट्रिय

कोरोना विरुद्धको खोप अनिवार्य नगर्ने ब्राजिलको घोषणा



ब्राजिलको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको खोप अनिवार्य नगर्ने घोषणा गरेको छ । मन्त्रालयले बुधबार कोरोना भाइरसलाई हराउन खोप आवश्यक भए पनि मुलुकमा खोप अनिवार्य भने नगराइने बताएको हो ।

स्वास्थ्यमन्त्रीका एक्ज्युकेटिभ सेक्रेटरी एल्सिओ फ्रान्कोले आफूहरुले अहिलेसम्म कोरोना भाइरस नियन्त्रणको लागि काम गर्दै आएको र यो कार्य जारी राख्ने बताएका छन् । साथै उनले आफूहरुले मानिसहरुलाई खोप लिनको लागि प्ररित गर्ने उल्लेख गरेका छन् ।

यसअघि ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले पनि कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाउनैपर्छ भनेर बाध्य पार्न नसक्ने बताएका थिए । अहिले ब्राजिलमा कोरोना भाइरसविरुद्धको तीन किसिमका खोपको परीक्षण भइरहेको छ ।

कोरोना भाइरसको महामारीको कारण अहिले ब्राजिलमा राजनीतिक विभाजन बढेको छ । यो महामारी नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलमा राष्ट्रपति बोल्सोनारोको चर्को आलोचना भइरहेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या ४० लाखको हाराहारीमा पुगेको छ भने अहिलेसम्म ६७ हजारभन्दा धेरैको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १८ भाद्र २०७७, बिहीबार १५:३४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।