काठमाडौं मलको भवन भत्काउँदै गर्दा एकजना घाइते भएका छन् । काठमाडौं मलको भवन भत्काइरहेको समयमा एक भाग अचानक खस्दा एक्साभेटर चालक घाइते भएका हुन् ।
घाइते हुनेमा वीरगञ्ज स्थायी घर भएका चालक विष्णु शाह रहेका भएको बताइएको छ । घाइतेलाई अस्पताल लगिएको र उपचार भइरहेको छ । केही दिन अघिदेखि काठमाडौं मलको पुरानो घर भत्काउने काम भईरहेको छ ।
करिव ४० प्रतिशत घर भत्काउन बाँकी रहेको र एक्जाभेक्टरको ब्रेकरले भत्काउँदा उनी घाइते भएको बताइएको छ ।
भूकम्पले क्षतिग्रस्त धरहरा पूनर्निर्माणको काम अहिले भइरहेको छ । एक्जाभेक्टरमा पनि सामान्य क्षति पुगेको बताइएको छ ।




















प्रतिक्रिया