तरुण दलका अध्यक्ष जित जंग बस्नेतले विपी कोइरालाको अपमाान र अस्तित्व मेटाउने कार्य सह्य नहुने चेतावनी दिएका छन । प्रथम जन निर्वाचित प्रधानमन्त्री विपी कोईराला नेपाल तरुण दलको सम्मानित आदर्श पात्र भएको उल्लेख गर्दै कोइराला प्रती हुने कुनै पनि प्रकारका अपमान र उहाँको अस्तित्व मेटाउने प्रयत्न कति कतैबाट भए सो कार्य नेपाल तरुण दललाई सैह्य नहुने बताएका छन ।
आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले महामानव कोइरालाको नाममा स्थापना भएको विपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान कार्यालयमा सुरुवाती अवस्थाबाट राखिएको कोइरालाको तस्वीर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार सुन्नमा आएको उल्लेख गर्दै सो कार्य खेदजनक निन्दनीय भएको जनाएका छन ।
उनले अर्काको अस्तित्व स्विकार गर्न नसक्ने यस्ता घृणित मानसिकता प्रती नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण विज्ञप्तिमा उल्लेख गरेका छन । साथै हटाइएको उक्त तस्विर सोही स्थानमा अबिलम्ब नराखिए नेपाल तरुण दल आन्दोलनमा उत्रीन बाध्य हुने हुनेछ र त्यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने छ भन्ने चेतावनी समेत दिएका छन ।
हेर्नुहोस विज्ञप्ति जस्ताको त्यस्तै





















प्रतिक्रिया