Logo

राजनीति

अध्यक्षद्वयबीच आवश्यक परामर्श गर्न बाँकी रहेको भन्दै, नेकपा स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक अनिश्चित कालका लाागि स्थगित गरिएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका कारण बन्धक बन्दै आएको स्थायी कमिटीको बैठक आज बिहान ११ बजेको लागि बोलाइएको थियो ।

पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशन बमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले बैठक स्थगित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । अध्यक्ष ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग उठेसँगै ओलीले जारी स्थायी कमिटीको बैठकमा सहभागी हुन छोडेका थिए ।

सोमबार अध्यक्ष प्रचण्ड लगायतका चार शिर्ष नेताले ओली बैठकमा उपस्थित नभए पनि आजको बैठक सुचारु गर्ने सहमति गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १०:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।