अविरल वर्षासँगै आएको पहिरोमा परि कालिकोटमा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– का ६० वर्षीय प्रशुराम संज्याल र २८ वर्षीया तारा संज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।
संज्याल खानेपानीको लाइन जोड्नका लागि खोलापारी गएको र तारा संज्याल खोला पारी रहेको गोठमा गाईवस्तुलाई घाँस-पानी दिन गएर फर्किने बेलामा पहिरो खसेर उनीहरुको ज्यान गएको हो ।
यो सँगै यससँगै बाढी र पहिरोमा परी कालिकोटमा १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।




















प्रतिक्रिया