नेपालमा पहिलो पटक कोरोना भाइरस संक्रमितलाई कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी (कोरोना संक्रमणमुक्त भएका व्यक्तिको रगतबाट निकालिएको रक्ततत्व) दिइएको छ। ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा कार्यरत डा.विपिन नेपाल सहितको टिमले पहिलो पटक प्लाज्मा थेरापी दिएर कोरोना मुक्त गरेसँगै उनी चर्चाको शिखरमा रहेका छन् ।
पहिले संक्रमित भएर निको भएका व्यक्तिबाट झिकिएको रगतबाट प्लाज्मा बनाएर संक्रमित व्यक्तिलाई उक्त प्लाज्मा दिइने विधिलाई कन्भ्यालिसेन्ट प्लाज्मा थेरापी भनिन्छ।
प्लाज्मा थेरापीबाट कोरोना संक्रमित व्यक्ति निको भएसँगै डा. नेपालले आफू निकै खुसी भएको कुरा व्यक्त गरेका छन् । उनले भने, सधैं उत्कृष्ट अनी विशेषज्ञ सेवामा समर्पित यस ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालमा कार्यरत ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञ रुपमा काम गर्न पाउँदा खुसी छु । यस सन्दर्भमा अस्पातलले भनेको छ,डा. विपिन नेपालज्युको नेतृत्वमा आफ्नै सुबिधा सम्पन्न ब्लड बैंकमा कोरोना संक्रमित व्यक्तिलाई दिइने कन्भ्यालिसेन्ट प्लाज्मा थेरापीका निम्ती प्लाज्मा(रक्ततत्व) बनाउन सफल भएकोमा हामी गौरवान्वित महसुस गर्दछौं भन्दै धन्यवाद ज्ञापन गरेको छ ।
डा. विपिन खुसी हुँदै भन्छन,नेपालमा ब्लड ट्रान्सफ्युजन मेडिसिन विशेषज्ञको कमी छ। जनशक्ति नभएकाले होला शिक्षण अस्पतालले ग्रान्डीसँग अनुरोध गरेको थियो। प्लाज्मा दान गर्ने व्यक्तिको नाम गोप्य राखिएको छ। उहाँलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नै सम्पर्क गरेको थियो।
उहाँलाई हामीसँग सम्पर्क गराइएपछि उहाँ असार-१५ गते बिहीबार ग्रान्डी अस्पताल आउनु भएको थियो। उहाँलाई हामीले सुरुमा काउन्सिलिङ्ग गर्यौँ। ‘उहाँले मैले गर्दा अरुको जीवन जोगिन्छ भने मलाई फेरि दिन मिल्छ भने बोलाउनु होला’भन्नुभएको थियो। उहाँ निकै सकारात्मक सोचका साथ आउनुभएको थियो। हामीले उहाँको २०० मिलिलिटर रगत झिकेका थियौं। त्यसपछि रगतबाट प्लाज्मा छुट्टयाउने काम सुरु भयो। सबै प्रक्रिया पूरा गरी प्लाज्मा तयार गर्न ४ घण्टा लागेको थियो।
खासमा कोभिडमा पहिलो पटक भएर बिरामीमा कस्तो असर गर्लारु सफल होला कि नहोला भन्ने कुरा मनमा लागेको थियो। किनभने, पहिलो प्रयास नै असफल भएमा अरुले प्लाज्मा दान गर्न वा प्लाज्मा लिन नमान्ने वा असफल भयो भनेर नकारात्मक सन्देश जाने सम्भावना पनि भएकाले अलि स्ट्रेस पनि फिल भएको थियो। हुनतः प्लाज्मा हामीले अन्य रोगका लागि बनाइरहेका हुन्छौँ। अन्य समयमा एक घण्टामा नै तयार गर्न सकिन्छ।
तर, कोभिड-१९ को उपचारका लागि पहिलो पटक भएकाले हामीले अलि बढी सर्तकता अपनाउनु परेको थियो। पहिलो प्रयास राम्रो भएकाले निकै खुसी लागेको छ। अब धेरै निको भएका व्यक्तिले दान गर्नहुन्छ भन्ने आशा छ। कोरोनाको बिरामीका लागि पहिलोपटक प्लाज्मा निकाल्न सुरू भएको हो। यसको प्रोटोकल हुन्छ। कस्तो बिरामीको लागि प्लाज्मा दिन सकिन्छ भनेर हामीले दुई महिनादेखि प्रोटोकल बनाएका थियौं उनले भने ।




















प्रतिक्रिया