Logo

कर्पोरेट फोकस

नेपाल लाइफ इन्स्योरेन्सको योजनाः खल्तीबाट कारोबार गरे १५ सय क्यासब्याक अफर



नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुको लागि अनलाईन सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटमार्फत कारोबार गरे आकर्षक क्यासब्याक अफर योजना ल्याएको छ । इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले क्यासब्याक रु. १५ सयसम्म पाउने छन् ।

सीमित अवधिको लागि संचालन हुने यस योजनामा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरिफाइ गराउनु पर्नेछ । यो योजना सोमबारबाट लागू गरिएको छ ।

खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि सो योजनामा सहभागी हुन सक्नेछन् ।

नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त योजना सार्वजनिक गरिएको खल्ती प्रवन्धक पवल खरेलले बताए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलवार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।