Logo

स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना पुष्टि, ३ को मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा ७३ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २१६ पुगेको छ ।

नेपालमा ९ सय ६८ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

हालसम्म देशभर २१ लाख ६५ हजार ९ सय ८५ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६१ जना रहेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १६:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।