Logo

कर्पोरेट फोकस

संयुक्त राष्ट्रसंघकी नेपाल प्रतिनिधि नयन्थले भनिन्ः एसडीजीका लक्ष्य निर्धारित समयमा पुरा गर्न निजी क्षेत्रको सहकार्य महत्वपूर्ण



नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक सारा व्योसोलो नयन्थले संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्य (एसडीजी)का लक्ष्य निर्धारित समयभित्रै पुरा गर्ने कार्यमा निजी क्षेत्रको सहकार्य महत्वपूर्ण रहेको बताएकी छन् ।

उनले नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा कोभिड महामारीका बीचमा पनि नेपालको अर्थतन्त्रलाई गम्भीर संकटबाट जोगाउन निजी क्षेत्रले खेलेको भूमिका प्रशंसा गर्दै सहकार्यका लागि आग्रह गरिन् ।

नयन्थले नेपालको आर्थिक स्तरोन्नति र एसडीजीका लक्ष्यहरू पुरा गर्ने कार्यदिशामा निजी क्षेत्र दरिलो सहयोगी हुनसक्ने बताइन ।

अध्यक्ष गोल्छाले महासंघको मुलुकभर बलियो संजाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकास लक्ष्य पुरा गर्न महत्वपूर्ण साझेदार हुनसक्ने बताए ।

महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रुपान्तरण (नेट २०३०) का कार्ययोजना कार्यान्वयन हुन सके नेपालले दिगो विकास लक्ष्य पनि हासिल गर्न सक्ने अध्यक्ष गोल्छाले दावी गरे ।

नेट २०३० ले नेपालले अबको पाँच वर्षभित्र विकासशील मुलुकमा स्तरोन्नति हुन पुरा गर्नुपर्ने तयारीलाई समेत समावेश गरेको छ । सोही अनुसार निजी क्षेत्रमा पर्न सक्ने प्रभाव र न्यूनीकरणका उपायसहितको अध्ययन प्रतिवेदन महासंघले तयार पारेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार १२:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।