२०७४ सालमा भएका तीन तहमा भएका निर्वाचनमा पहिलो भएर केन्द्र र प्रदेशमा गरी पाँच सत्तामा नेतृत्व गरेको नेकपा एमाले सत्ताविहीन बन्ने बाटोमा लागेको छ ।
केन्द्र र प्रदेशका दुई सत्ता गुमाएको एमालेका बाँकी दुई सत्ता पनि वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी बनाएपछि धरमराएका छन् ।
पार्टीको एक बहुमत भएका कारण बाँकी रहेका बागमती र प्रदेश १ को एमाले सत्ता पनि नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता प्रस्ताव गरेपछि धरमराएका हुन् ।
केन्द्रमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार २८ असारमा सर्वोच्च अदालतको परमादेशपछि बाहिरिन बाध्य भएको हो ।
दोस्रो पटक जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि विपक्षी दल र एमालेकै वरिष्ठ नेता नेपाल समूहले बहुमतको हस्ताक्षरसहित सत्ता निर्माण गर्न गरेको पहललाई सर्वोच्चले वैधानिक ठहर गरेपछि ओलीको सत्ता गुमेको थियो । अहिले नेपालकै सहयोगमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेल ९जो ओली निकट पार्टी स्थायी समिति सदस्य हुन्०ले पनि नेता नेपालकै सहयोगमा विपक्षी गठबन्धनमा बहुमत पुगेपछि २८ साउनमा मुख्यमन्त्रीबाट राजीनामा दिन बाध्य भए । अहिले त्यहाँ माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री छन् ।
त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री रहेको पृथ्वी सुव्वा गुरुङ ९जो ओली निकट पार्टी स्थायी समिति सदस्य हुन्०ले पनि पार्टी विवादकै कारण बहुमत गुमाएर २९ जेठमा मुख्यमन्त्रीबाट बाहिरिन बाध्य भए । अहिले त्यहाँ कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री छन् ।
अहिलेसम्म एमालेको बहुमत भएकाले प्रदेश १ र बागमती प्रदेशमा एमालेकै मुख्यमन्त्री छन् । तर, नेता नेपालले नयाँ पार्टी बनाएपछि त्यहाँ पनि बहुमत गुम्ने निश्चित छ । अन्य दलहरुको गठबन्धन रहेकाले अन्य दलले एमालेसँग गठबन्धन गर्ने अवस्था छैन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा ‘छुट्टै नयाँ दल गठन भएकोमा त्यस्तो दल गठन हुनुभन्दा तत्काल अघिको दलको तर्फबाट निर्वाचित प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्य त्यसरी नयाँ दल गठन भएको २१ दिनभित्र नयाँ दलमा प्रवेश गरेमा दल त्याग गरेको मानिने छैन, भन्ने उल्लेख छ ।
त्यसलै नेपाल समूहका सांसदलाई नयाँ दल बनाउन सहज छ ।
बागमती प्रदेश सभामा १०९ सदस्य छन् । त्यसमध्ये एमालेका ५६ सांसद छन् । एकल बहुमतका लागि ५५ सांसद आवश्यक पर्छ ।
एमालेको सिंगो सांसद संख्या ५६ रहेकाले दुई सांसदमात्रै नेपालको पार्टीमा गए पनि एमालेको बहुमत गुम्छ । तर अहिले प्रारम्भीक तथ्यांकमा पनि २२ सांसद नेपालको पक्षमा रहेको नेपाल समूहका नेताहरू बताउँछन् ।
उनीहरूले २१ दिनभित्र एमाले वा एमाले ९समाजवादी० मध्ये एक रोज्नु पर्नेछ । २० प्रतिशत पुर्याउन १२ सांसद आवश्यक पर्छ ।
प्रदेश–१ मा सांसद संख्या ९२ रहेकोमा एमालेका ५१ सांसद छन् । जुन बहुमत हो । बहुमत रहन एमाले ४७ सांसद चाहिन्छ । नेपाल समूहलाई ५ सांसदले रोजे भने मात्रै पनि एमालेको बहुमत गुम्छ ।
तर, प्रारम्भीक तत्यांक अनुसार नेपाल समूहमा १५ सांसद रहेका सो समूहका नेताहरूले दाबी गरेका छन् । त्यहाँ नेपाल समूहलाई २० प्रतिशत पुर्याउन ११ सांसद आवश्यक पर्छ ।
ओलीले बागमती र प्रदेश एकका पार्टीका सत्ता बचाउन नेपाल समूहका दुई नेतालाई आफूतिर तानेर मुख्यमन्त्री दिने प्रयास गरेका छन् ।
बागमती प्रदेशमा नेपाल समूहकी अष्टलक्ष्मी शाक्यलाई आफूतर्फ तानेर बुधबार नै संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाएका छन् ।
प्रदेश १ मा पनि वर्तमान मुख्यमन्त्री शेरधन राईलाई हटाएर संसदीय दलको नेता चयन गरेर मुख्यमन्त्री बनाउने आश्वासन दिएर भीम आचार्यलाई आफ्नोतर्फ राखेका छन् । तर, ओलीको यो प्रयासले सत्ता बच्ने देखिन्न । यो समाचार अभियान टाइम्समा छ ।





















प्रतिक्रिया