Logo

कर्पोरेट फोकस

वैदेशिक सहयोगमा संचालित विकास आयोजनामाथि धम्कीपूर्ण अभिव्यक्ति नदिन गृहको चेतावनी



नेपालका वैदेशिक सहायतामा संचालित विकास आयोजना माथि धम्कीपूर्ण अभिव्यक्ति दिनेलाई कारवाही गर्ने गृह मन्त्रालयले चेतावनी दिएको छ । विकास आयोजना र त्यसमा कार्यरत कर्मचारीहरूलाई विभिन्न माध्यमबाट धम्कीपूर्ण अभिव्यक्ति दिइएकोप्रति गृहले आपत्ति जनाउँदै कारवाही गर्ने चेतावनी दिएको हो ।

विगत केही समययता वैदेशिक सहयोगमा संचालित आयोजना, कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष–परोक्ष रुपमा संचारमाध्यम र सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने गरिएको गृहको दाबी छ ।

शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा नै आँच आउने गरी कुनै गतिविधि नगर्न नगराउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले त्यस्ता अभिव्यक्ति र गतिविधिहरूको सूक्ष्म रुपमा निगरानी राख्ने, विश्लेषण गर्ने र त्यस्ता गतिविधि गर्ने उपर प्रचिलित कानुन बमोजिम कारबाही गर्ने जनाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १५:५९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।