Logo

अर्थ

एकै महिनामा बणिज्य बैंकहरुको आम्दानी ६ अर्ब माथि, नबिल बैंकले कमायो सबैभन्दा बढी



चालु आर्थिक बर्षको पहिलो महिनामा नै अधिकांश बाणिज्य बैकहरुले उल्लेख्य नाफा आर्जन गरेका छन् । समग्रमा नेपाल बैंक लिमिटेड बाहेक साउन महिनामा २६ वटा बाणिज्य बैंकले ६ अर्ब ३० करोड ९७ लाख रुपैंयाँ नाफा आर्जन गरेका छन् ।

सबैभन्दा बढी नबिल बैंकले ६१ करोड ९ लाख रुपैंयाँ खुद नाफा कमाएको छ । दोस्रोमा ग्लोबल आइएमई बैंकले ४८ करोड ४६ लाख रुपैंयाँ नाफा आर्जन गरेको छ । यसपछि क्रमशः एनआईसी एशिया बैंकले ४१ करोड तीन लाख र सिद्धार्थ बैंकले ३२ करोड ६१ लाख रुपैंयाँ खुद नाफा आर्जन गरेका छन् ।

साउनमा प्राइमले ३० करोड ३८ लाख रुपैंयाँ, एनएमबिले ३० करोड १९ लाख रुपैंयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले २९ करोड १३ लाख रुपैंयाँ, एभरेष्ट बैंकले २८ करोड ९३ लाख रुपैंयाँ, मेघा बैंकले २८ करोड ४० लाख रुपैंयाँ र प्रभु बैंकले २७ करोड ४८ लाख रुपैंयाँ खुद नाफा आर्जन गरेका छन् ।

त्यस्तै, सानिमाले २६ करोड ६४ करोड रुपैंयाँ, कृषि विकासले २६ करोड १७ लाख रुपैंयाँ, कुमारी बैंकले २५ करोड ७२ लाख रुपैंयाँ, सिटिजन्स बैंकले २४ करोड ४८ लाख रुपैंयाँ र माछापुच्छ्रे बैंकले २२ करोड ६९ लाख रुपैंयाँ, लक्ष्मी बैंकले २१ करोड ४८ लाख रुपैंयाँ, सनराइज बैंकले १८ करोड ८३ लाख रुपैंयाँ, एनसीसी बैंकले १६ करोड पाँच लाख रुपैंयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १५ करोड आठ लाख रुपैंयाँ, नेपाल एसबीआई बैंकले १३ करोड ९८ लाख रुपैंयाँ, हिमालयन बैंकले १३ करोड १३ लाख रुपैंयाँ र सिभिल बैंकले १० करोड ७८ लाख रुपैंयाँ खुद नाफा आर्जन गरेका छन् ।

साउनमा सबै भन्दा कम नाफा आर्जन गर्ने तीन बैंकमा अफ काठमाण्डू, सेञ्चुरी र राष्ट्रिय वाणिज्य बैंक छन् । यी बैंकले १० करोड रुपैंयाँभन्दा थोरै नाफा कमाएका छन् । यस महिनामा बैंक अफ काठमाण्डूले नौ करोड रुपैंयाँ, सेञ्चुरी बैंकले सात करोड रुपैंयाँ र राष्ट्रिय वाणिज्य बैंकले सात करोड रुपैंयाँ नाफा कमाएको तथ्यांकमा उल्लेख छ ।

सबै बैंकहरुले चालु आर्थिक बर्षको पहिलो महिनामा नफा कमाएपनि नेपाल बैंक लिमिटेड भने १ करोड एक लाख रुपैंयाँ नोक्सानमा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आईतवार १६:५७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।