Logo

अर्थ

नेप्सेमा बृद्दि : आज ९ अर्ब २९ करोडको कारोबार



आज साताको दोस्रो दिन शेयर बजारमा सामन्य बृद्दि भएको छ । गत साता लगातार उच्च अंकले घटेको पुँजीबजार आइतबार उच्च अंकले सुधार भएको थियो। साताको दोस्रो दिन सोमबार ९आज० पनि बजार सकारात्मक बनेको हो। सोमबार पुँजीबजार मापक परिसूचक नेप्से ०।२७ अंकले बढेर २९४७।७० विन्दुमा कायम भएको छ।

आज कारोबार रकम भने घटेको नेपाल स्टक एक्सचेञ्‍ज ९नेप्से०ले जानकारी दिएको छ। नेप्सेका अनुसार सोमबार नौ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नौ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

सोमबार कूल २२६ वटा कम्पनीका एक करोड ५६ लाख ८१ हजार १८४ कित्ता सेयर ९३ हजार २१८ पटक खरिद९बिक्री भएका थिए। कारोबार भएकामध्ये आज ७६ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्यमा गिरावट आएको छ। ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०।५५ अंकले बढेर ५४८।८७ विन्दुमा उकालो लागेको थियो ।

अजोड इन्स्योरेन्स कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। कालिका पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ६।४७ प्रतिशतका दरले गुमाएका छन्।

आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै ६१ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। सोही कम्पनीको सेयर सबैभन्दा धेरै आठ लाख ६८ हजार ८० कित्ता कारोबार भएको छ। युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको सेयर सबैभन्दा धेरै तीन हजार ७६४ पटक किनबेच भएका थिए।

आज जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, म्युचुअल फण्ड तथा अन्य उपसमूहको परिसूचक गिरावट हुँदा बाँकी उपसमूहमा सकारात्मक बनेको नेप्सेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १७:२५   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।