Logo

अर्थ

अनलाइनपाना समाचार प्रभाव : महिला हिंसामा एनआइसी एशिया बैंकले माग्यो माफी



गत भदौ २६ गतेका हिन्दु महिला दिदी बहिनीहरुले महत्वका साथ मनाउने ऋषिपञ्चमीमा महिला हिंसाद्वेषी हर्कत गरेकोमा एनआइसी एशिया बैंकले माफी मागेको छ । ऋषिपञ्चमीका अवसरमा आफ्नो फेसबुक पेजमा उक्त दिनलाई महिलाहरुले पाप पखाल्ने दिनको रुपमा विज्ञापन नै बनाइ प्रकाशित गरेको प्रति बैंकले क्षमायाचना गरेको हो ।

हिन्दु नारीहरुहरुले युगौंदेखि मान्दै आएको पवित्र पर्वको दिनलाई बैंकले पाप पखाल्न गरिने क्रियाकलापको संज्ञा दिएपछि बैंक विरुद्ध सर्वत्र आलोचना र भत्र्सना भएको थियो ।

बैंकले प्रकाशित गरेको विज्ञापनमा आपत्तिजनक भन्दै थामिनसक्नु गरी प्रतिक्रिया आउन थालेपछि बैंकले उक्त विज्ञापन हटाएको थियो । तर डाउनलोड गरिएको उक्त सामाग्री हजारौं सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले शेयर गरेर बैंकको हर्कतको आलोचना गरेका छन् ।

बैंकले महिलाको शरिरको प्राकृतिक प्रक्रियाको धज्जी उडाउँदै ऋषिपञ्चमीलाई ‘रजस्वला सुरु भइसकेका महिलाहरुले रजस्वला हुँदा आफुबाट केहि गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ति कुराहरुको शुद्धिका लागि पूजा अर्चना गर्दछन् ।’ भन्ने भाषा लेखेको थियो ।

बैंकको यस प्रकरणमा अनलाइनपानाले समाचार प्रकाशित गरेको थियो । समाचार लेख्ने क्रममा अनलाइनपानाले विभिन्न सरोकारवाला व्यक्तिहरुका प्रतिक्रियालाई समावेश गरेको थियो ।

जसमा सञ्चारकमी, अधिकारकर्मी, डाक्टर तथा अधिवक्तासम्मले बैंकले महिला हिंसा आकर्षित कार्य गरेकोले कारवाही गर्नु पर्ने बताएका थिए । सर्वसाधारणलाई आकर्षित गर्न बैंक पनि साथी पनि स्लोगन राखेको यस बैंकको उक्त हर्कपछि कतिपयले बैंक पनि कुसंस्कारी पनि भन्दै आक्रोश पोखेर आफ्नो भावना लेखेका थिए ।

बैंकले गरेको उक्त विभेदकारी र हिंसाजन्य कार्यका सम्बन्धमा बैंकका उपप्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँसँग जिज्ञासा राख्दा यस विषयमा आफुलाई कुनै जानकारी नभएको बताएपनि आधिकारिक पेजबाट हटाईसकिएकोले समाचार नलेख्न भनेका थिए ।

बैंकको कार्य विभेदकारी एवम् कानूनी रुपमा समेत दण्डनीय अपराध भएको भन्दै सरोकारवालादेखि सर्वसाधारणसम्मले आवाज उठाएको सार्वजनिक सरोकारको गम्भीर विषय भएकोले अनलाइनपानाले खनियाँको भनाइलाई पनि स्थान दिई उक्त समाचार प्रकाशन गरेको थियो ।

आफ्नो आधिकारिक फेसबुक पेजबाट महिला हिंसाजन्य सामाग्री हटाएपछि बैंक दुइदिनसम्म उक्त प्रकरणमा केही बोलेन । सर्वसाधारणबाट बैंक नै बहिस्कारसम्मका चेतावनी आएपछि भदौ २७ गते नै बोर्ड बैठक बसेपनि बैठकको धारणा सार्वजनिक गरेको थिए ।

सर्वसाधारणले बैंकका पदाधिकारी तथा कर्मचाराी समेतलाई अनपढ, अशिक्षीत र नेपाली संस्कार एवम् संस्कृतिका विरोधी भन्दै गम्भीर प्रश्न समेत निरन्तर उठाई रहेको थाहा पाएपछि बैंकले सोमबार साँझ आफ्नो आधिकारिक फेसबुक पेजमा क्षमायाचनाको सूचना प्रकाशित गरेको छ ।

‘यस बैंकको आधिकारिक सामाजिक संजालहरू मार्फत ऋषि पञ्चमीको शुभकामना दिन राखिएको पोस्टका विषयमा आएका प्रतिक्रियाहरू प्रति यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ । हाम्रो असावधानीका कारण उक्त पोस्टमा उल्लेख गरिएको सन्देशबाट यहाँहरूको विचार र भावना प्रति चोट पुग्न गएकोमा क्षमाप्रार्थी हुँदै भविष्यमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।’- बैंकको पेजमा लेखिएको छ ।

कहिले के र कहिले के काण्ड मच्चाउन उद्धत यस बैंकका गलत कार्यहरु धेरै छन् । बैंकबाट सर्वस्वहरण भएर लुटिएका बैंककै धेरै सेवाग्राहीहरु आज पनि रुँदै हिडेका भेटिन्छन् । बैंकबाट ऋण लिएर व्यवसाय गरिरहेकाहरुलाई ऋण तिर्ने समय नदिई गुण्डाहरुको प्रयोग गरी उठिवास लगाएका दर्जनौं सूचनाहरु आइरहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ०९:४५   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।