Logo

अर्थ

साहास उर्जाले ७० लाख कित्ता आईपीओ जारी गर्ने



साहस उर्जा लिमिटेडले आउँदो असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको छ । कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको भने बाँकी ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार असोज १० गतेसम्म शेयर आवेदन दिन सकिनेछ । अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १२:०२   :  बजे

417
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।